FAQs Complain Problems

भोजपुर नगरपालिकामा तपाईहरुलाई हार्दिक स्वागत् गर्दछु। राजस्व शाखा : येही आर्थिक वर्ष ०७६/७७ को एकीकृत सम्पति कर सुरु भएको छ, एकीकृत सम्पति कर यही पौष मशान्ता सम्म १०% छुट, व्यवसाय कर यही आशोज मसान्त सम्म । फोहोरमैलाको दस्तुर ३ महिना कटेमा १२% जरीवाना, ६ महिना कटेमा १५% जरीवाना, १ वर्ष कटेमा २०% जरीवाना। फाेहाेरमैलाकाे दस्तुर १ वर्षकाे एकमुस्त तिरेमा ५% छिट गरिन्छ ।

शनिबारे र बुधबारे हटिया, भाेजपुर

Read More

संछिप्त परिचय

नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णय वमाेजिम ७२ वटा नगरपालिका घोषणाका क्रममा यस भोजपुर नगरपालिकाको गठन गरिएकोमा वि.सं. २०७१ ज्येष्ठ २ गतेदेखि विधिवत रुपमा आफ्नो कार्यसन्चालन तथा व्यवस्थापन गर्दै आएकोछ । भोजपुर नगरपालिका नेपालको १ नं. प्रदेश अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका ६ जिल्ला मध्ये  भोजपुर जिल्लाको सदरमुकाममा रहेको छ । यो नगर भौगोलिक हिसावले मध्य पहाडी भेकमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेका छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको सुन्न पाइन्छ । भौगोलिक विविधतायुक्त यस नगर क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । नेपाल एकीकरण अभियान पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ भने वि.सं.१८७२ सालमा  यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो वजारको नाम नै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । मध्ये पहाडी राजमार्गले छाेएकाे हुँदा नेपालको राजधानीसम्म अावागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई कम्तिमा एक पटक भोजपुर भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरी यस नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिराे अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ भने नगरको मध्यभागमा रहेको सिकद्धकालीको मन्दिर रहेको छ जसको दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ ।  टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले  उत्तिकै महत्वपूर्ण रहेकाछन् । पेशागत वस्तु उत्पादनका हिसावले यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ भने करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ जुन क्षेत्रहरु यसै नगरपालिका तथा आसपासका गाविसहरु पर्दछन् । यस नगरको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार, अधिकांश समुदाय कृषिमा आश्रित रहेकाछन् । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् । यस नगरको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको छ । यो नगर आफैंमा सम्भावना र अवसरको रुपमा रहेको छ भने चुनौतिहरु पनि त्यतिकै बग्रेल्ती रहेका छन् । यस नगरपालिकाको भौगोलिक अवस्तिी, नामाकरण तथा अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।

Pages

Official

कैलाशकुमार आले
नगर प्रमुख
kailashale490@gmail.com
९८५२०५२४९०
निर्मला शेर्पा
उप– प्रमुख
9852052334

कर्मचारी विवरण

मुकुन्द राई
प्रमुख प्रशासकीय अधिकृत
info.bhjmunicipality@gmail.com
9842118490

नागरिक वडापत्र (सेवाको जानकारी )

सेवा प्रकारः-
सेवा समयः- 1
जिम्मेवार अधिकारीः- abc
सेवा दिने कार्यालयः- wada
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

123

जानकारी